
बैंकिङ खबर । लाभांश पारित गर्न नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बेंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभामा अनलाइन भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।
सभाले चुक्ता पूँजीको १०.२६९५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट एक जना महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।