साना किसान विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ४४ दशमलव ८० प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १५ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
४० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ९१ करोड ६१ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । सो अवधिमा बैंकले कर्जामा ११ अर्ब ३ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ६५ प्रतिशतले बढेर ४८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४६ दशमलव ०२ प्रतिशतले बढेर ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६ करोड ८३ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५५ दशमलव ५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३ सय २७ दशमलव ६३ रुपैयाँ,मुल्य आम्दानीको अनुपात ४५ गुणा र तरलता अनुपात ८ दशमलव ४३ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव ०७ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १० दशमलव ३७ प्रतिशत रहेको छ ।