प्राइम कमर्सियल बैंक लिमिटेडले ३ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । आगामी भदौ १२ गतेदेखि असोज १६ गतेसम्म हकप्रद शेयर निष्काशन गरिने बैंकले जनाएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।
बैंकले चुक्ता पुँजी वृद्धिका लागि ३३ प्रतिशतका दरले हकप्रद जारी गर्न लागेको जनाएको छ । ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पछि पूँजी ४ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।




