August 11th, 2016

नेपाल बैंकको नाफा ३ अर्बभन्दा माथि

nepal bankनेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब १ करोड ८७ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको तुलनामा ५ सय २३ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो बर्षको सोहि अवधिमा बैंकले जम्मा ४८ करोड ३८ लाख रुपैंया मात्र कमाएको थियो ।

६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३८ करोड ४७ लाख रुपैंया रहेको छ । बैंकको खुद व्याज आम्दानीमा ४१ दशमलव ६७ प्रतिशतले बढेर ४ अर्ब ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ४ सय ७२ दशमलव ७९ प्रतिशतले बढेर २ अर्ब २१ करोड १८ लाख रुपैयाँ पुगेको छ भने खुद मुनाफा पनि बढेको छ । बैंकले निक्षेपमा १४ प्रतिशतले बढाएर ८९ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ । बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड ६५ लाख रुपैंया छुट्याएको छ भने ६२ करोड ९३ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ ।

बैंकको निश्क्रिय कर्जा १ दशमलब २६ प्रतिशतले घटेर २ दशमलब ७२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ३ दशमलव ९१ प्रतिशतले बढेर ११ दशमलव ४१ प्रतिशत पुगेको छ । बैंंकको प्रतिशेयर आम्दानी ४६ दशमलव ६९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १० दशमलव ०७ गुणा, प्रतिशेयर नेटवथ १ सय ५ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात ३७ दशमलव २० प्रतिशत रहेको छ ।