
बैंकिङ खबर । नेपाल बैंक लिमिटेडको पाल्पा तानसेन शाखाले तानसेन नगारपालिका वडा नं. १२ नामी कुवाका ६ वटा फर्मलाई २३ लाखको सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले तानसेन नगारपालिका बीच गरेको सम्झौता बमोजिम नगरक्षेत्रका युवा, महिला, दलित, शिक्षित बेरोजगारलाई उद्यमशीलतामा सहभागी गराउन कर्जा उपलब्ध गराएको हो ।
सोही सम्झौता बमोजिम बैंकले झिलमिल कृषि फर्म ( गोविन्द राना), केजिना कृषि तथा पशुपंक्षी फर्म (गोपाल बहादूर राना), बगाले कृषि तथा पशुपंक्षी फर्म (नल बहादुर बगाले) र पुष्पा पशुपंक्षी तथा कृषि फर्म (पुष्प लुगेली) लाई प्रति फर्म ४ लाख ५० हजार र प्रविन पशुपंक्षी तथा कृषि फर्म ( झप कुमारी लुङ्गेली) लाई ३ लाख र गायत्री पशुपंंक्षी तथा कृषि फर्म ( गायत्री राना) लाई २ लाख सहुलियत कर्जा सुविधा पत्र हस्तान्तरण गरेको हो ।
कर्जा सुविधा पत्र हस्तान्तरण गर्दै बैंकका पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले करोडौं र अर्बाैंको कर्जा लिने ग्राहक र लाख दुई लाख कर्जा लिने ग्राहकलाई पनि उक्तिकै प्राथमिकतामा राखेको र बैंकिग क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुन सके मात्र अर्थतन्त्रको विकास बताए ।
कार्यक्रमलाई सहजीकरण गर्ने संस्था ग्रामीण आर्थिक संघ (रेडा) का अध्यक्ष लीला बहादुर कार्कीको समेत सहभागी रहेको उक्त कार्यक्रममा बैंकसंग लिएको कर्जालाई सही ठाउँमा उपयोग गरी सहुलियत कर्जाको फाइदा लिइ उद्यमशीलताको विकास गर्न किसानहरु लागि पर्नुपर्ने बताए ।