Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम कमर्सियल बैंक पनि अब अर्बपति क्लबमा

admin २०७३ श्रावण २७ गते
सेयर:

primeप्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३८ करोडभन्दा बढीले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडाकोषमा १ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १७ दशमलव ९१ प्रतिशतले बढाएर ४८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २३ दशमलव ५२ प्रतिशतले बढाएर ४० अर्ब २८ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १४ दशमलव ४६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४८ दशमलव ८९ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २५ करोड ३८ लाख रुपैयाँ राखेको छ भने २५ करोड ७६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी ३० दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २४ दशमलव ५० गुणा, प्रति शेयर नेटवर्थ १ सय ४६ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८३ प्रतिशत रहेको छ । बैकको निष्कृय कर्जातर्फ शुन्य दशमलव ६ प्रतिशतले घटेर १ दशमलव २३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ४३ प्रतिशतले घटेर ११ दशमलव ७३ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।