Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अपि पावर कम्पनीका शेयरधनीलाई ५ प्रतिशत बोनस

२०७३ श्रावण २६ गते

apiअपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको जानकारी बुधबार नेप्सेलाई दिएको हो । सो प्रस्ताव पारित गर्नका लागि आगामी भदौ १८ गतेका लागि साधारण सभा आह्वान गरेको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनी पुस्तिका भदौ १ देखि १८ गतेसम्म बन्द रहने बताएको छ । त्यस्तै, कम्पनीले २ अर्ब रुपैंयाको हकप्रद निष्काशनको प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ ।