
बैंकिङ खबर । प्रभु बैंकको पुस १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१४ रुपैयाँ कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।
नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ३७५ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । बैंकले आर्थिक वर्षको मुनाफाबाट प्रभु बैंक १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
