Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकको बोनस पश्चात मूल्य समायोजन

२०७७ पुष १० गते

बैंकिङ खबर । एभरेष्ट बैंकको पुस १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ७१५ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । एभरेष्ट बैंकले आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि)गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

Ad