२०७३ श्रावण २६ गते

सनराइज बैकको रेमिट्यान्स सेवा अब कोरियाबाट पनि

sunriseसनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाका इन्टरनेशनल बैंक अफ कोरिया (आईबीके)संग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यससँगै अब कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आईबीकेको कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने भएका छन् । 

आईबीकेको कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपालस्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली ANYTIME REMITTANCE अथवा मोबाइल बैकिंग अथवा एटीएमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाउने ग्राहकलाई आईबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ र क्ष्द्यप् मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्नेगरेको छ भने त्यस्ता ग्राहकलाई आईबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सन्राइज बैंकको खातामा पैसा जम्मा हुँदा सनराइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । 

आईबीकेको कोरियामा ६ सय ३७ शाखाको सञ्जाल रहेको छ । जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ ।सन्राइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिनेछ ।