
बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन (Phaco Machine) हस्तान्तरण गरेको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच उक्त फ्याको मेसिन (Phaco Machine) हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने सिलसिलामा बैंकलाई प्रतिनिधित्वगर्दै बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएकोे एक समारोहको बीच सो मेसिन हस्तान्तरण गरेको हुन् । हाल अस्पताल नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।