
बैंकिङ खबर ।सिद्धार्थ बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी समाचारमा कुनै आधिकारिकता नभएको जनाएको छ । केही सञ्चार माध्यममा सिद्धार्थ बैंक र अन्य केही संस्थाबीच मर्जर तथा एक्विजिसन हुन लागेका खबरहरु प्रकाशन भएका भन्दै त्यसमा आफ्नो गम्भीर ध्यानकर्षण भएको उसले बताएको छ । सिद्धार्थ बैंकसँग जोडिएर आएका मर्ज तथा एक्विजिसन सम्बन्धी समाचारहरुमा आधिकारिकता नभएको पनि उसले स्पष्ट पारेको छ ।