Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले सुदूरपश्चिम प्रदेशका दुई गाउँपालिकासँग गर्याे सम्झौता

२०७७ पुष ९ गते

बैंकिङ खबर । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप सुदूरपश्चिम प्रदेशका २ गाउँपालिकासँग सम्झौता गरेको छ । बैंकले डोटी जिल्लाको सायल गाउँपालिका र बैतडिको पञ्चेश्वर गाउँपालिसँग साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग गर्ने उदैश्यकका साथ बुधबार सम्झौता भएको हो ।

बैंकले स्थानिय निकायसँग समन्वय गरि साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग गर्ने उद्देश्यका साथ पुस ५ गते सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेल र पुस ६ गते पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दसँग बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रम माथि प्रकाश पार्दै बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमब्ााँट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे । गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसा योग्य रहेको धारण राखे । उनले सम्झौताले कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा गरे ।

Ad