Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेवा रेमिट र नागरिक उड्डयन प्राधिकरणसँग नेपाल बैंकको छुट्टाछुट्टै सम्झौता

२०७३ श्रावण २६ गते

nblनेपाल बैंक लिमिटेड र सेवा युनाइटेड रेमिटबीच भुक्तानीसम्बन्धि सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र युनाइटेड रेमिटका प्रमुख कार्यकारी अधिकृत सुरज शाक्यले हस्ताक्षर गरे । सम्झौतापछि नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट पठाएको रकम नेपालको ७५ जिल्लामा रहेको करीब १५०० वटा युनाइटेड रेमिटको कुनै पनि सब एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सक्नेछन् । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नेपालभर  १२६ वटा शाखा सञ्चालनमा छन् । सेवा रेमिटले विगत १२ वर्षदेखि नेपालमा रेमिट्यान्ससम्बन्धी कार्य गर्दै आइरहेको छ । 

यसैगरी नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच प्राधिकरण कर्मचारी कल्याणकारी कोष सञ्चालनको लागि प्राधिकरण सचिवालयका सञ्चित खाताहरु नेपाल बैंकमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक देवेन्द्र केसीले हस्ताक्षर गरे । सम्झौताअनुसार प्राधिकरणका कर्मचारीहरुको सञ्चित कोष खातामा रहेको रकम कोष सचिवालयको सिफारिसमा मात्र कर्मचारीलाई भुक्तानी दिईनेछ । साथै कोषको कुनै कर्मचारीलाई सञ्चित कोषबाट रकम सापटी लिनु पर्ने भएमा कोष सचिवालयको सिफारिसमा बैंकले निजको व्यक्तिगत सञ्चित कोषमा जम्मा भएको रकमको बढीमा ९० प्रतिशत सम्म कोष सापटी सुविधा उपलब्ध गराउने छ ।