December 23rd, 2020

अमेरिकामा ९ सय अर्ब डलरको नयाँ राहत प्याकेज

अमेरिकाको संसद (कांग्रेस) ले ९०० अर्ब डलर कोरोनाभाइरस राहत प्याकेजलाई दिने भएको छ । कांग्रेसले सेप्टेम्बर २०२१ मा समाप्त हुने अर्को वर्षको लागि १.४ लाख करोड डलरको बजेटलाई पनि मंजुरी दिएको छ ।
दुबै बिधेयकलाई हस्ताक्षरका गर्न डोनाल्ड ट्रम्प समक्ष पठाइएको छ । केही दिनमा उनको हस्ताक्षर हुने अपेक्षा समेत गरिएको छ । ९०० अर्ब डलरको यो राहत प्याकेज अमेरिकी इतिहासको दोस्रो ठूलो प्याकेज हो । सबैभन्दा ठूलो प्याकेज मार्च २०२० मा जारी भयो, जुन १.८ लाख करोड डलरको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]