
बैंकिङ खबर । कृषि विकास बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न चौधौ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले पुष २९ गते विहान ११ बजे कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्डले भक्तपुरमा सभा बोलाएको हो।
साधारण सभामा बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। साथै अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १५ गते बुकक्लोज गर्ने भएकोले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।