बुधबार सुन महँगिएको छ । साताको सुरुको दिनदेखि नै स्थिर रहेको सुनको भाउ बुधबार तोलाको ३ सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५९ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
चाँदी पनि महँगियो
सुनसँगै बुधबार चाँदी पनि महँगो भएको छ । चाँदी मंगलबारको तुलनामा तोलाको १० रुपैयाँका दरले महँगो भएको हो । मंगलबार तोलाको ८ सय ९० रुपैयाँका दरले कारोबार भइरहेको चाँदी बुधबार तोलाको ९ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।