
बैंकिङ खबर । नबिल बैंकले ३५.२६५ लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३३.५५ बोनस सेयर र कर प्रयोजनका लागि १.७६५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो निर्णय नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । यो वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक लाभांश हो । हाल नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।