Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यस्तो छ, एनएमबी बैंकको वित्तीय अवस्था

२०७३ श्रावण २६ गते
सेयर:

nmb bankगत आर्थिक वर्षमा एनएमबि बैंक लिमिटेडले दोब्बरभन्दा पनि बढीले नाफा बढाएको छ । ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले वर्षभरिमा १ अर्ब १५ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय २८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षभरिमा बैंकले ५० करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खुद व्याज आम्दानीमा र सञ्चालन मुनाफामा बैंकले उल्लेख्य प्रगती गरेको छ । जसको परिणाम बैंकको मुनाफामा देखिएको छ । बैंकद्धारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद व्याज आम्दानी १ सय ८ दशमलव १६ प्रतिशतले बढेर २ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५५ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । 

नियामक नेपाल राष्ट्र बैंकको नीतिअनुरुप ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी ८ अर्ब पुर्याउन विभिन्न औजारमार्फत पुँजी बढाइरहँदा पनि नाफा बढाउन मद्धत मिलेको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले मर्जरबाट चुँक्ता पूँजी ४ अर्ब १५ करोड ४५ लाख रुपैयाँ पुर्याएको थियो । त्यसपछि ८ प्रतिशत बोनश शेयर वितरण गरेर हाल चुक्ता पूँजी ४ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । 

निक्षेपमा ७६ दशमलव ४० प्रतिशत बढाएर ६४ अर्ब ७८ करोड १४ लाख रुपैयाँ पुर्याएको बैंकले कर्जातर्फ पनि ९४ दशमलव ५२ प्रतिशतले बढाएर ५३ अर्ब ८ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यसरी आफ्नो व्यवसाय थप गर्दै गएकाले पनि बैंकको नाफामा प्रगति हुँदै गएको हो । एक वर्षको अवधिमा ६३ करोड ५५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको बैंकले प्रोभिजनमा ५१ करोड ५३ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ३३ प्रतिशतले बढेर १ दशमलव ७५ प्रतिशत पुगेको छ भने जाखिमयुक्त सम्पत्तिमा शुन्य दशमलव १२ प्रतिशतले घटेर ११ दशमलव ०८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक २८ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ४९ गुणा, तरलता अनुपात २७ दशमलव ४५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ९१ रुपैयाँ रहेको छ ।