Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंक लिमिटेडले यसरी कमायो ५५ करोड मुनाफा

admin २०७३ श्रावण २६ गते
सेयर:

mega bankमेगा बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५५ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४१ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैकले ३४ करोड ६२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा भएको प्रगतीले नाफा बढाउन सहयोग गरेको छ । सो अवधिमा बैंकको खुद व्याज आम्दानी २६ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७ दशमलव ६६ प्रतिशतले बढेर ७२ करोड २ लाख रुपैयाँ पुगेको छ । 

एक वर्षभित्रमा १३ करोड ६५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ९ करोड ९० लाख रुपैयाँ राखेको छ भने जसले जगेडा कोषमा ९६ करोड ७४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४६ दशमलव ७१ प्रतिशतले बढाएर ३१ अर्ब रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ५५ दशमलव ९५ प्रतिशतले बढाएर २७ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९६ प्रतिशतले घटेर शुन्य दशमलव ७९ प्रतिशत पुगेको छ । जोखिमयुक्त सम्पत्ति भने १ दशमलव ९५ प्रतिशतले घटेर १२ दशमलव ९७ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ४६ प्रतिशत रहेको छ ।

२ अर्ब ८७ करोड रुपैयाँ पुँजी भएको मेगा बैंक र ३७ करोड रुपैयाँ पुँजी भएको पश्चिमाञ्चल विकास बैंक गाभिएपछि बनेको मेगा बैंकको चुक्ता ३ अर्ब २४ करोड रुपैयाँ छ । २५ प्रतिशत अर्थात ४ बराबरको १ हकप्रद शेयर निष्काशनको क्रममा रहको बैंकको हकप्रद निष्काशनपछि चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सहितको चुक्ता पूँजीको आधारमा हालको खुद मुनाफाबाट बैंकको लाभांश क्षमता ११ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।