जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । सेयर जारी गर्ने सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध सञ्चालक वजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले दुई बराबर एकका दरले हकप्रद सेयर दिने निर्णय छैठौं बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको अहिले २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद सेयर जारी गरेपछि पुँजी १ अर्ब ३ करोड रुपैयाँ बढ्ने छ ।


