Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकको सेयर मूल्य समायोजन

२०७७ पुष ७ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । आज (पुस ७ गते मंगलबार) नेप्सेमा बैंकको सेयरमूल्य समायोजन भएको हो । बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३९ रुपैयाँ कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार खुल्नेछ। नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात २५३ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

बैंकले पुस २४ गते आह्वान गरेको बाह्रौँ वार्षिक साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि बुकक्लेज गरेकाले पुस ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्। साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभंश गरि कूल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ।

Ad