Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

महालक्ष्मी विकास बैंकद्धारा नक्कली धन्दा : बैंकिङ कसुरमा ५ जना पक्राउ

२०७७ पुष ६ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना बैङ्कका कर्मचारी पक्राउ परेका छन् । आइतबार बैंकका ३ जना कर्मचारीलाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, कुमारीपाटी शाखाका पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखे छन् । लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको कसुरमा उनीहरुलाई पक्राउ परेका हुन् । ऋण दिँदा तिनैजना शाखा प्रबन्धकले हस्ताक्षर गरेका थिए ।

कम तौलका सुनका गहना धितो राखेर धेरै ऋण लिने सुन व्यापारी पूर्ण राई, देवानन्द राई र देवानन्दको सुन पसलका मिस्त्री सन्दिप लिम्बुलाई व्यूरोले बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ्ग कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा गत मङ्सिर २६ गते नै पक्राउ गरेको थियो । बैंक मेनेजरसँगको मिलेमतोमा सुन व्यापारीले ७ करोड ४२ लाख बैंकलाई नोक्सान गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुलाई बैंकिङ कसुर मुद्दा चलाएको छ । पक्राउ गरिएका ३९ बर्षिय पिंकु पालिखे हाल एनएमबी बैंकमा कार्यरत छन् । ४२ बर्षीय स्मृति राना महालक्ष्मी विकास बैंकको मुख्य कार्यालयमा कार्यरत छिन् ।

Ad