
बैंकिङ खबर । हिमालयन बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै बैंकले वार्षिक साधारण सभाबाट पारीत भएपछि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १४% बोनस सेयर र ६% नगद गरी कुल २०% लाभांश वितरण गर्न लागेको जनाएको छ ।
