
बैंकिङ खबर । आर्थिक वर्ष २०७७ असोज मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरु शाखा विस्तारमा आक्रमक भएको देखिन्छ । ७५३ स्थानिय तह रहेको नेपालमा ७४८ तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् भने अरु रहेका स्थानिय तहहरु ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवी भ्याल्ली र नेत्रावती गाउँपालिका, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिकामा पनि शाखा पुर्याउने क्रममा छन् ।

असोज ३०, २०७७ सम्म प्रदेश १ को १३७ स्थानिय तहमध्ये १३६ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । यस्तै प्रदेश २ को १३६ स्थानिय तहमध्ये १३६ वटै स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । यता, वाग्मती प्रदेशको ११९ स्थानिय तहमध्ये ११७ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ भने गण्डकी प्रदेशको ८५ स्थानिय तहमध्ये ८५ बटै तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । यता, लुम्बिनी प्रदेशको १०९ स्थानिय तहमध्ये १०९ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।
यस्तै कर्णली प्रदेशको भने ७९ स्थानिय तहमध्ये ७८ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ र सुदूर पश्चिम प्रदेशको ८८ स्थानिय तहमध्ये ८७ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।