
बैंकिङ खबर । लक्ष्मी बैंकले नेपालमै पहिलो पटक कार्ड–रहित एटिएम Cardless Withdrawal सेवा संचालन संचालन गरेको छ । बैंकले डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा ग्राहकको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी साथ कार्ड–रहित एटिएम Cardless Withdrawal सेवा सुरुवात गरेको हो । बैंकले एटिएम कार्ड को विकल्प को सो नौलो प्रविधि भित्र्याउन लागेको हो ।
अब लक्ष्मी बैंकका ग्राहकले आफ्नो एटिएमबाट पैसा झिक्न एटिएम कार्ड नचाहिने भएको छ। बैंकको मोबाईल एपमा रहेको एक सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सक्नेछ । त्यसको लागि ग्राहकले बैंकको मोबाइल बैंकिंग एप, मोबाइल मनि र आफ्नो मोबाइलमा इन्टरनेटका साथै बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ।
यो सुविधा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल मनिमा लग इन गर्ने बितिकै “कार्डलेस विथ-ड्र” भन्ने अप्सनमा क्लिक गरेर चाहेजतिको रकम झिक्न सक्नेछन् । त्यस पछि “कन्फर्म” गर्नका लागि आफ्नो एम-पिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नु पर्नेछ। यति गरिसकेपछि तपाईले आफ्नो फोनमा (मोबाईल मनि मा दर्ता भएको नम्बरमा) “ओ.टि.पि. कोड” एस.एम.एस.को रुपमा प्राप्त गर्नु हुनेछ, जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओ.टि.पि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ।
यति गरिसकेपछी ए।टि।एम। बुथमा ए।टि।एम।मा पनि कार्ड हाल्नु अगाडिनै तपाईंले “कार्ड-रहित” भन्ने अप्सन देख्न सक्नु हुनेछ, र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनि मा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ। त्यस पछी तपाईंले प्राप्त गर्नु भएको ओ।टि।पि। कोड र मोबाईल मनि मा अनुरोध गरिएको रकम हालेपछि तपाईंले एटिएमबाट नगद प्राप्त गर्न सक्नु हुनेछ। यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटिएममा र मोबाईल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।
बैंकले ल्याएको उक्तप्रविधिले गर्दा ग्राहकले एटिएम कार्ड बोकी राख्न नपर्ने भएको छ । तपाईंले कारणबस आफ्नो कार्ड बिर्सिनु भए तापनि स्मार्ट कार्ड-रहित एटिएम सुविधा द्वारा एटिएमबाट पैसा झिक्न सक्नुहुनेछ।
नेपाल भरि लक्ष्मी बैंकको एटिएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्नुहुनेछ। केवल ओटिपि कोड पठाउँदा अलि सावधानि भने अपनाउनु पर्ने बैकले जनाएको छ ।