December 18th, 2020

राष्ट्र बैंकमा रोजगारी खुल्यो (अप्लाई गर्ने तरीका सहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा कर्मचारीको माग गरीएको छ । बैंकले असिस्टेन्ट डीरेक्टर तथा असिस्टेन्टहरुको माग गरेको हो । यी सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने र परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने केन्द्रीय बैंकले जनाएको छ । यस्तै,  दरखास्त फाराम भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र कार्यालयको Direct Telephone Line: 014441036 वा एक्सटेन्सन लाईन रहेका नम्बरहरु 014419804-07 बाट एक्सटेन्सन नम्बर १३८ वा १४६ मा सम्पर्क गर्न सकिने समेत बैंकले उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना :

अनलाईन (Online) मार्फत् दरखास्त पेश गर्ने विधि र तरिका सम्वन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरुः

नेपाल राष्ट्र बैंक सेवा प्रवेशका लागि लिइने खुला प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुनका लागि Online Portal For Open Competition मा Click गर्नुहोस ।

१. सर्वप्रथम Registration गर्नुहोस ।  त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा Click गर्नुहोस् अथवा Screen को Top Right Corner  मा Registration मा Click गर्नुहोस । 

क) Password कम्तिमा ६ Character को हुनु पर्नेछ, जसमध्ये कम्तिमा एउटा Capital Letter, एउटा Symbol र एउटा Number हुनुपर्नेछ । 

ख) Captcha Code राख्दा देखिए अनुरुप लेखी Continue मा Click गर्नहोस ।

ग) Registration गर्दा राखिने इमेलमा दरखास्त स्वीकृत वा अस्वीकृत भएको जानकारी प्राप्त हुने भएकोले प्रयोग भइरहने आफ्नै इमेल राख्नुहोला ।

घ)  Continue मा  Click  गरेपछि Log In ID प्राप्त हुनेछ । एकभन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेश पत्र लिंदा समेत सोही Log In ID प्रयोग गर्नुपर्ने भएकोले सो Log In ID र Password सुरक्षित राख्नु पर्नेछ ।

२. Log In ID  प्राप्त भएपछि पूनः आफुले भर्ने बिज्ञापन भएको ठाउँको Apply मा Click गर्नुहोस ।

३.  यसपछि उपलब्ध Fields हरुमा भर्नु पर्ने विवरणहरू भरी Save & Submit मा Click गर्नुहोस । दरखास्तवालाको नाम र पारिवारिक विवरण अनिवार्य रुपमा नेपाली युनिकोडमा लेख्नु पर्नेछ ।

४.  छनौट गरेको विज्ञापन नम्बरमा Click गरी बिबरण भर्ने क्रममा खुला तथा समावेशी समूह छनौट गर्ने Check Box हरु  देखा पर्नेछन । देखिएको सूचीमध्ये आफूलाई मिल्ने खुला तथा समावेशी जुन समूहमा दरखास्त दिन चाहेको हो सो समूहको सूचीमा रहेको Check Box मा Click गर्नुपर्ने छ । एकपटक दरखास्त Submit भैसकेपछि पूनः सोही बिज्ञापन अन्तर्गतको अन्य समूहमा दरखास्त दिन नसकिने तथा अन्य समूहमा दिनुपरेमा पहिले गरेको सम्पूर्ण प्रकृया खारेज गरी पूनः सबै प्रकृया दोहोऱ्याउनु पर्ने भएको हुंदा यस विषयमा विशेष ध्यान पूऱ्याउनु पर्दछ ।  समावेशी समूहको हकमा महिला बाहेक अन्य समूहमा Apply गर्दा बिज्ञापनको सूचनामा तोकिए बमोजिमको प्रमाण पत्र अनिवार्य रुपमा Upload गर्नुपर्नेछ ।

६. एकपटक Submit भएको दरखास्त फाराम Edit गर्न सकिने छैन, यदि एकै पटकमा फाराम भरेर नसकिएको खण्डमा Save & Submit Later बटनमा Click गरी पूनः आफ्नो फाराममा परिवर्तन गरी Save & Submit गर्न सक्नुहुनेछ ।

७. उम्मेद्वारले सूचना बमोजिमको समयावधि भित्र तोकिए बमोजिमको दरखास्त शूल्क बुझाए पश्चात् फाराम रुजु लगायत अन्य प्रक्रिया अघि बढाइने छ । Online दरखास्त फाराम Submit गरे पश्चात् प्राप्त हुने Application ID अनुरुप बुझाउनु पर्ने परीक्षा दस्तुर e-Sewa, Connect IPS अर्थात Khalti मध्य कुनै एक माध्यम को  प्रयोग गरि बुझाउनु पर्नेछ । दरखास्त दस्तुर भुक्तानी गर्दा आफ्नो Login ID र Password प्रयोग गरी पूनः Login अथवा View All Vacancies मा Click गर्दा देखिने Online Payment माध्यम मा Click गरी भुक्तानी गर्न सकिनेछ ।

८. दरखास्त Accept वा Incomplete वा Cancel भएको जानकारी Email मार्फत प्राप्त हुनेछ वा Login गरी हेर्न सकिनेछ । कारणबस Incomplete दरखास्तहरू दरखास्त दिने अन्तिम दिनसम्ममा सोही Login बाट आफैले सच्याउनु पर्ने भएमा सच्याएर पूनः पेश गर्न सकिनेछ ।

९.  एकभन्दा बढी विज्ञापनमा आवेदन दिने भएमा बुँदा नं २ देखि ७ सम्मका प्रकृया पुन दोहोर्याउनु पर्नेछ ।

१०. दरखास्त फाराम भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र कार्यालयको Direct Telephone Line: 014441036 वा एक्सटेन्सन लाईन रहेका नम्बरहरु 014419804-07 बाट एक्सटेन्सन नम्बर १३८ वा १४६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

११. दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा  e-Sewa को लागिः 16600102121, Khalti को लागिः16600158888 र Connect IPS को लागिः 014255306 मा सम्पर्क गर्न सक्नुहुनेछ । 

नोटः

१.  परीक्षा दस्तुर जम्मा नगरेमा, झुट्ठा विवरण पेश गरी Online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम जुनसुकै चरणमा समेत रद्द हुनेछ ।

२. सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइनेछ र परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]