
बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
