Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बागमती डेभलपमेन्टलाई खरिद गर्दै सानिमा बैंक,

२०७३ श्रावण २५ गते

sanimaबागमती डेभलपमेन्ट बैंकले सानिमा बैंकसँग बिलय (एक्विजिसन) हुन नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएको छ । जसअनुसार आगामी तीन महिनाभित्रमा दुवै बैंकले एकीकृत कारोवार सुरु गरिसक्नेछन् । 

सानिमा बैंकले भने आ.व. २०७२/७३ मा ४६ अर्ब ४२ करोड रुपैया निक्षेप संकलन, ४० अर्ब ४४ करोड रुपैया कर्जा प्रवाह गरी १ अर्ब ४ करोड रुपैया खुद मुनाफा गरेको छ ।

बागमती डेभलपमेन्ट बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्ममा ५८ करोड १३ लाख रुपैया निक्षेप संकलन, ३५ करोड ४२ लाख रुपैया कर्जा प्रवाह गरी १ करोड २ लाख रुपैया खुद मुनाफा कमाएको छ । त्यस्तै निष्क्रीय कर्जाको अनुपात शून्य रहेको छ । बैंकको चुक्ता पूँजी भने ५ करोड ७५ लाख रुपैया रहेको छ ।