टुरिजम् डेभलपमेन्ट बैंक गत आर्थिक वर्षमा १९ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले एक वर्षमा ३९ दशमलव ०१ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १३ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
सो अवधिमा बैंकले ३३ दशमलव ४९ प्रतिशतले निक्षेप बढाएर ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६ अर्ब ८९ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी २२ प्रतिशतले बढेर ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफ ३७ दशमलव ५ प्रतिशतले बढेर २५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकले ८ करोड ५५ लाख रुपैयाँ प्रोभिजन राखेको जनाएको छ । एक वर्षको अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
निष्कृय कर्जा १ दशमलव ७४ प्रतिशत रहेको बैंकको जोखिमयुक्त सम्पत्ति १३ दशमलव १६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी वार्षिक २४ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ९० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७९ प्रतिशत रहेको छ ।