स्वावलम्बन लघुवित्त विकास बैकले गत आर्थिक वर्षमा ३० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले एक वर्षमा ३० दशमलव २१ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २३ करोड ५४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा ३८ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्जामा ६ अर्ब २६ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १६ दशमलव १४ प्रतिशतले बढेर ८७ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २९ दशमलव ६६ प्रतिशतले बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा ७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले ४ करोड ७० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
निष्कृर्य कर्जा १ दशमलव ११ प्रतिशत रहेको बैंकको जोखिमयुक्त सम्पत्ति १३ दशमलव १६ प्रतिशत छ । प्रतिशेयर आम्दानी ९८ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ११ रुपैयाँ र तरलता अनुपात २५ प्रतिशत रहेको छ ।