Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा “स्कोर कार्ड मोडल” को आधारमा प्रदान गरिने

२०७७ मंसिर ३० गते

बैंकिङ खबर । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदानगर्ने उद्देश्यका साथ सिद्घार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोर कार्ड मोडल” को प्रारम्भ गरेको छ ।  स्कोर कार्ड मोडल अन्तर्गत बैंकले रु. १ करोड सम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।
यो स्कोर कार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रदान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।
यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

 

 

Ad