Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको २०औंं साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

२०७७ मंसिर २९ गते

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार बैंकका अध्यक्ष अमिर प्रताप राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा २०औं साधारणसभा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनि महानुभावहरुको धारणा समावेश गरेको होे ।

उक्त साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष ०७६/७७ को लागि १०.८५% बोनस शेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ । आर्थिक वर्षको असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

आर्थिक वर्ष ०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गरेको छ  । हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Ad