माछापूछ्रे बैंकले गत आर्थिक वर्षमा ८९ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ४४ दशमलव ६८ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो ।
३ अर्ब ८६ करोड चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ राखेको छ । त्यस्तै निक्षेपमा साढे १८ प्रतिशतले वृद्धि गरी ५२ अर्ब २९ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २७ प्रतिशतले बढेर ४४ अर्ब २३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी ३६ दशमलव ९८ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ६९ दशमलव ३१ प्रतिशतले वृद्धि भई १ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १३ करोड ९ लाख रुपैयाँ छुटाएको छ भने १२ करोड १ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०९ प्रतिशतले घटेर शुन्य दशमलव ५५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ०१ प्रतिशतले घटेर १२ दशमलव २३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ०८ पैसा, मूल्य आम्दानीको अनुपात २९ दशमलव ४७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३९ दशमलव ११ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ८४ प्रतिशत रहेको छ ।