Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकका ग्राहकलाई sastodeal.com मा क्यास व्याक

२०७७ मंसिर २५ गते

बैंकिङ खबर । सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं अभियानलाई आत्मासात् गदै sastodeal.comको ९ औं वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्नुहुने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सम्म बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिर देखि ३० मंसिर २०७७ सम्म रहने र क्यास व्याक रकम योजना समाप्ति पश्चात प्रदान गरिनेछ । कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

Ad