
बैंकिङ खबर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर सहित) गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २४ गते बुधबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश घोषणा गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
