December 8th, 2020

‘यतिबेला ब्याजदरमा अंकुश लगाउनु पर्ने आवश्यकता नै थिएन’ (त्रिलोचन पंगेनीसँगको अन्तरवार्ता)

बैंकिङ खबर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको अर्थतन्त्रलाई निकै असर परेको छ । व्यापार व्यवसायहरु राम्रोसँग लामो समय चल्न सकेनन् । जसको असर बैंकसम्म पुग्यो । ऋणीहरुले समयमा किस्ता तिर्न नसक्ने लगायतका समस्या त्यसपनि पछिल्लो समय बैंकहरुले ऋण लगानी नै राम्रोसँग गर्न सकेनन् ।

कर्जाको माग नआउँदा २ खर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) बैंकहरुमा थुप्रियो । लकडाउन खुलेपछि पछि कर्जाको माग बढ्न थालेको छ । वित्त बजारको अवस्था हेरेर केहि दिन अघिमात्रै केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । धेरै विषयहरु यो समीक्षामा नसमेटिएको सरोकारवालाहरुको प्रतिक्रिया छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर बैंकिङ विज्ञ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीसँग बैंकिङ खबरका लागि आकाश बोगटीले गरेको कुराकानीः

नेपाल राष्ट्र बैंकले भर्खरै मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?

पहिलो तीन महिनामा इकोनोमिक इन्डिकेटरले देखाएको सूचकको आधारमा मौद्रिक नीतिमा समसामयिक रुपमा परिवर्तन गर्न खोजिएको छ । जो धेरै ठूलो परिवर्तन त होइन तर, परिवर्तन गर्न खोजिएको चाहिँ हो । यतिबेला कोभिडका कारण धेरै व्यवसाय सफर भएको अवस्था छ । जसमध्ये होटल, पर्यटन, ट्राफल्स एण्ड टुर्स, यातायात लगायतका व्यवसाय सफर भएका छन् ।

जसको असर यतिबेला सम्रग आर्थिक गतिविधिमा परेको छ । बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा लिएर व्यवसाय गर्ने क्षेत्र नै प्रभावित छन् । जसले गर्दा बैंकहरुको नाफामा प्रभाव पर्न गई बैंकहरुले निक्षेपको ब्याजदर नै घटाइरहेका छन् । बैंकले ब्याजदर घटाएका कारण डिपोजिटर र्माकामा परे भन्ने कुरा छ । त्यो स्वभाविक हो किनकी मद्दती र निक्षेपको व्याजदरको अनुपात धेरै नै थियो ।

ब्याजदरको अनुपात धेरै नहोस भनि फेरी अंकुस लगाइयो । यसरी सेन्ट्रल बैंकले अंकुस लाइरहँदा डिपोजिटरलाई त नाफा नै हुन्छ तर, बैंकलाई यसले राम्रो हुदैन । बैंकको पनि भविष्य हेर्नु पर्दछ । बैंकले नाफा हेर्ने र राष्ट्र बैंकले डिपोजिटरको मुख हेर्ने जस्तो कुरा विरोधाभास जस्तो देखिन्छ ।

ब्याजदर घटेर जादा मान्छेमा खर्च गर्ने प्रवृति बढेर जाने भएकाले त्यसलाई निरुत्साहन गर्न राष्ट्र बैंकले प्रयास गरेको जस्तो देखिन्छ । खर्च गर्ने प्रवृति बढाइदियो भने मात्र अर्थतन्त्र चलायमान हुन सक्छ । यतिबेला बैंकहरुले निक्षेपको व्याज घटाइदिदा मान्छेमा खर्च गर्ने प्रवृति बढेर जान्छ, जसले गर्दा बजारमा चहलपहल बढ्नुका साथै व्यापार व्यवसाय चल्छन् । त्यसछि मात्र अर्थतन्त्र चलायमान हुन्छ ।

लामो समय केन्द्रीय बैंकमा रहनु भयो । तपाईको विचारमा कोभिडका कारण बैंकिङ क्षेत्रलाई कत्तिको असर परेको छ ?

कोभिडको असर बैंकिङ मात्र नभएर सम्रग क्षेत्रमा नै परेको छ । बैंंकिङ विजनेस उपोभोक्तामा आश्रीत व्यवसाय भएकाले सम्पूर्ण क्षेत्र नै सुस्ताएपछि त्यसको असर बैंंकिङ क्षेत्रमा पर्ने नै भयो । यतिबेला उद्योग व्यवसाय ठप्प छन्, बैदेशिक रोजगारी अवसर छैन्, आम्दानी छैन्, आम्दानी नभएपछि आम जनमासले खर्च कम गर्न थालेका छन् ।

मान्छेले खर्च कम गर्न थालेपछि उपभोग कम हुन गई बजारमा माग घट्छ । माग कम भएसँगै त्यसको असर सम्रग अर्थतन्त्रमा पर्न गएको हो । राज्यले जनतालाई उपभोग गर्न प्रोत्साहन गर्नुपर्दछ । जति धेरै उपभोग हुन्छ त्यती नै अर्थतन्त्र चलायमान हुन्छ । त्यसको लागि सरकारले साहसि निर्णय लिएर अगाडि बढ्नु पर्छ ।

यो मौद्रिक नीति आएपछि तपाईले अझौ लचिलो बन्न सक्ने ठाउँ थियो भन्नु भएको थियो । समीक्षामा ललिकति लचिलो बनेको हो ?

यतिबेला सरकार, राष्ट्र बैंक लचिलो बनिदियो भने उद्योगी व्यवसायीको लागि सकारात्म कुरा हो । जसले उद्योगी व्यवसायीमा साहस र ऊर्जा प्रदान भई रिक्स लिन तयार हुने अवसर मिल्दछ । अहिलेको अवस्थामा सरकारले उद्योगी व्यवसायीलाई रिक्स कम हुने किसिमको पोलिसी निर्माण गरिदिनु पर्दछ । जसले गर्दा सबै क्षेत्र उत्साहि भई व्यवसायय संचालन गर्न सकुन ।

उद्योग व्यवसाय संचालन भए मात्र व्यापार व्यवसाय चल्ने रोजगारी सृजना हुने, राजस्व उठने लगायतका काम हुनसक्दछन् । यतिबेला राष्ट्र बैंकले ब्याजदरमा अंकुस लाउनुपर्ने आवश्यक नै थिएन् । राष्ट्र बैंकले त यतिबेला बैंंकहरुलाई राम्रो काम गर्न प्रोत्साहन गर्ने र सुपर भिजनका काम गर्दा राम्रो हुन्थ्यो ।

अब अर्धवार्षिक समीक्षामा चाहिँ केके विषय समेटिनु पर्छ ?

यतिबेला खोपको कुरा आएको छ । खोप आउँने भन्ने कुराले मान्छे धेरै नै उत्साहि भएका छन् । हिजो सुस्त बनेको बजार अहिले सलबलाई रहेको अवस्था छ । बजारमा मान्छेको चहलपल बढेर गएसँगै त्यसले माग र उत्पादन सँग जोडिदै रोजगारी लगायतका कुरालाई संकेत गर्दछ ।
त्यसैले अर्धवार्षिक समीक्षा कस्तो आउँनुपर्छ भन्नको लागि मंसिर र पुसको तथ्याङ कस्तो आउँछ, त्यसले के डिरेक्सन गर्दछ र कता लजौने भन्ने संकेत गर्दछ । अहिलेको स्थितिमा यो नै समेटिनु पर्छ भन्न सकिन्न अवस्था छैन् ।

कोभिडको असर बैंकिङ क्षेत्रमा अझौ कति समय झेल्नु पर्ला ?

जति छिटो कोभिडको भ्याक्सिन आयात गर्न सकियो र त्यसको सुरुवात गर्न सकियो त्यसले मात्र पोजेटिभ संकेत गर्नेछ । अहिलेको अवस्थामा कोभिडले बैंकिङ मात्र नभएर अन्य धेरै क्षेत्र प्रभाव पारेको छ ।

भनिन्छ पर्यटन क्षेत्रलाई रिकभर हुन अझौ २ वर्ष जति लाग्छ भन्ने कुरा छ । पर्यटन क्षेत्र र बैंकिङ क्षेत्रको अनुयाश्रीत सम्बन्ध छ । पर्यटन वर्षको लागि भनेर बैंकिङ क्षेत्रले धेरै ठाउँमा लगानी समेत गरेको छ । नेपाल सरकारले नेपाल भम्रण वर्ष मनाउने योजना सहितको भव्य कार्यक्रम सम्पन्न गरेको केही समयमै कोभिडका कारण लकडाउन सुरु भयो ।

जसको प्रभाव अझौ जीवित नै छ । त्यसैले खोप आयो भने सम्रग व्यापार व्यवसाय संचालन हुन्छन् र मान्छेमा उंछाल आउँछ । मान्छेको हिडडुल सुरुभएपछाडि होटेल व्यवसाय व्यापार सुरु हुन्छ । त्यसैले .कोभिडको असर कहिलेसम्म भन्ने कुरामा जति चाडैं खोप आउँछ त्सपछाडि सहज हुने देखिन्छ ।

अन्तमा, बैंकिङ क्षेत्रका लागि केन्द्रिय बैंकले गर्नुपर्ने केहि नीतिगत सुधार छन कि ?

अहिलेको अवस्थामा राष्ट्र बैंकले विजनेस सेक्टरलाई धेरै नै सपोट गरेको अवस्था छ । पूनरकर्जा मार्फत सस्तो दरमा कर्जा प्रवाह गर्ने, कोभिडको समयमा बन्द भएका उद्योग व्यवसायको ६ महिनासम्म धितो लिलामी नगर्ने राष्ट्र बैंकले भनेको छ ।

यो अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई प्रोत्साहन गरेको छ । व्यवसायीले पनि निकैे नै सक्रिय भएर योजना बनाएर लाग्नु पर्दछ । अब व्यवसायकि वातावरणको सृजना बन्दै गइरहेको अवस्था छ । राष्ट्र बैंकले बढि भन्दा बढि पूनरकर्जा प्रवाह गर्ने, व्यवसायीलाई पोलेसी मार्फत घचघचाउने, छिटो भन्दा छिटो रिभाइबल गर्नुपर्दछ ।

सरकारको अनाउन्समेन्ट धेरै नै कम भएको छ यो बेलामा गर्भनर/अर्थमन्त्री बोल्नु पर्छ । जसले गर्दा व्यवसायीमा सकारात्मक सन्देश सहित व्यवसाय संचालनमा ऊर्जा पुग्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]