Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

२०७७ मंसिर २२ गते

 

बैंकिङ खबर । प्रभु बैंकले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् ।

Ad