August 8th, 2016

सेन्ट्रल फाइनान्सले यसरी कमायो झन्डै ८ करोड नाफा

centralसेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा ७ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ८९ प्रतिशतले बढी नाफा गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले ४ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

फाइनान्सले निक्षेपमा १२ दशमलव ७१ प्रतिशतले वृद्धि गरी १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ संकलन गरी कर्जामा ४.५४ प्रतिशत बढाएर १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ६१ दशमलव ९७ प्रतिशतले वृद्धि गरी ८ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफामा ५२ दशमलव २८ प्रतिशतले वृद्धि गरी ५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । फाइनान्सले प्रोभिजनमा १ करोड ५४ लाख रुपैयाँ राखेको छ भने ४ करोड ७५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

फाइनान्सको निष्कृय कर्जा १ दशमलव १५ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १९ दशमलव ४० प्रतिशत, प्रतिशेयर आम्दानी ३२ दशमलव १० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ८४ रुपैयाँ र तरलता अनुपात ४६ दशमलव ७२ प्रतिशत रहेको छ ।