Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंकको स्मार्ट टेलर संचालनमा

२०७७ मंसिर २१ गते

 

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एपबाट क्यूआर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ । बैंकले ग्राहकहरुको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको जनाएको छ । हाल उक्त सेवा काठमाडौंस्थित केन्द्रीय कार्यालयको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यकालगायत उपत्यका बाहिरसमेत लागु गरिने बैंकले जनाएको छ । यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

Ad