अपेक्षा ढुंगाना/बैंकिङ खबर । नेपालमा आर्थिक वर्ष २०७७ असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा वित्तीय पहुँचमा निकै अगाडि बढेको देखिन्छ । पछिल्लो ५ वर्षलार्य नियाल्दा बैंक तथा वित्तीय संस्था १७९ बाट घटेर २०७७ असोज मसान्तसम्म आउँदा १४६ भएतापनि बैंक तथा वित्तीय संस्थाहरुको शाखा ४२४२ बाट ५६६१ ले बढेर ९९०३ मा पुगेको छ, जुन १३३ प्रतिशतको वृद्धि हो । बैंक तथा वित्तीय संसथाहरुको संख्या घट्नुको कारण मर्जर र प्राप्ती हो ।

असार ३१, २०७३ मा २८ वटा वाणिज्य बैंक, ६७ वटा विकास बैंक, ४२ वटा वित्त कम्पनी, ४२ वटा लघुवित्त वित्तीय संस्था गरी कुल १७९ वटा बैंक तथा वित्तीय संस्था थिए भने असार ३१, २०७४ मा पुग्दा २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक, २८ वटा वित्त कम्पनी, ५३ वटा लघुवित्त वित्तीय संस्था गरी कुल १४९ वटा बैंक तथा वित्तीय संस्था कायम भए । यस्तै, असार ३१, २०७५ मा पुग्दा २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २५ वटा वित्त कम्पनी, ६५ वटा लघुवित्त वित्तीय संस्था गरी कुल १५१ वटा बैंक तथा वित्तीय स्ंस्था कायम रहे ।
यता, असार ३१, २०७६ को तथ्याङ्क हेर्ने हो भने २८ वटा वाणिज्य बैंक, २९ वटा विकास बैंक, २३ वटा वित्त कम्पनी, ९० वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक गरी कुल १७१ वटा बैंक तथा वित्तीय संस्था थिए ।
यता, असार ३१, २०७७ को तथ्याङ्कमा आउँदा २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २२ वटा वित्त कम्पनी, ८५ वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक गरी कुल १५५ वटा बैंक तथा वित्तीय संस्था रहे भने असोज ३०, २०७७ मा २७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक, २१ वटा वित्त कम्पनी, ७८ वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक गरी कुल १४६ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् ।

असार ३१, २०७३ मा १ हजार ८ सय ३९ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको ८ सय ५२ वटा शाखा थिए यस्तै, १ सय ७५ वित्त कम्पनीको शाखा विस्तार भए भने १ हजार ३ सय ७६ लघुवित्त वित्तीय संस्थाको शाखा थिए, यसरी कुल गरी सो अवधिमा जम्मा ४ हजार २ सय ४२ बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको तथ्याङ्कले बताउँछ ।
यस्तै, असार ३१, २०७४ मा २ हजार २ सय ७४ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको ७ सय ६९ वटा शाखा थिए यस्तै, १ सय ३० वित्त कम्पनीको शाखा विस्तार भए भने १ हजार ८ सय ९५ लघुवित्त वित्तीय संस्थाको शाखा थिए, यसरी कुल गरी सो अवधिमा जम्मा ५ हजार ६८ वटा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिन्छ ।
यता, असार ३१, २०७५ मा ३ हजार २३ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको ९ सय ९३ वटा शाखा थिए यस्तै, १ सय ८६ वित्त कम्पनीको शाखा विस्तार भए भने २ हजार ४ सय ४९ लघुवित्त वित्तीय संस्थाको शाखा थिए, यसरी कुल गरी सो अवधिमा जम्मा ६ हजार ६ सय ५१ वटा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिन्छ ।
असार ३१, २०७६ मा हेर्ने हो भने ३ हजार ५ सय ८५ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको १ हजार २ सय ६७ वटा शाखा थिए यस्तै, २ सय ५ वित्त कम्पनीको शाखा विस्तार भए भने ३ हजार ६ सय २९ लघुवित्त वित्तीय संस्थाको शाखा थिए, यसरी कुल गरी सो अवधिमा जम्मा ८ हजार ६ सय ८६ वटा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिन्छ ।
असार ३१, २०७७ मा पुग्दा ४ हजार ४ सय ३६ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको १ हजार २९ वटा शाखा थिए यस्तै, २ सय ४३ वित्त कम्पनीको शाखा विस्तार भए भने ४ हजार ५७ वटा लघुवित्त वित्तीय संस्थाको शाखा थिए, यसरी कुल गरी सो अवधिमा जम्मा ९ हजार ७ सय ६५ वटा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिन्छ ।
यता, असोज ३०, २०७७ सम्म आइपुग्दा ४ हजार ५ सय १४ वटा वाणिज्य बैंकको शाखा थियो भने विकास बैंकको १ हजार २३ वटा शाखा कायम रहे । यस्तै, २ सय ४९ वित्त कम्पनीको शाखा विस्तार भए भने ४ हजार १ सय १७ वटा लघुवित्त वित्तीय संस्थाको शाखा रहे, यसरी कुल गरी ९ हजार ९ सय ३ वटा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिन्छ ।
