
बैंकिङ खबर । दक्षिण पूर्वी एसियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशकहरूको छपन्नौं उच्च स्तरीय सेमिनार र चालीसौं बैठक मंगलबार सम्पन्न भएको छ । अथोरिटी मनिटरी ब्रुनाई दारेसलामका प्रबन्ध निर्देशक Yang Mulia Dayang Hajah Rokiah binti Haji Badar को अध्यक्षतामा उक्त बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त बैठकमा सहभागी हुनुभएका गभर्नर महाप्रसाद अधिकारीले SEACEN Centre को आगामी वर्षका लागि प्रस्तुत् गरिएको नीतिगत प्रस्तावमाथि आफ्नो धारणा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता गरेका अथोरिटी मनिटरी ब्रुनाई दारेसलामका प्रबन्ध निर्देशक Yang Mulia Dayang Hajah Rokiah binti Haji Badarले निवर्तमान अध्यक्ष ravi menon लाई उनको सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरे । सो अवसरमा People’s Bank of China का डेपुटी गभर्नर Chen Yulu ले “Opportunities and Challenges in Adopting Central Bank Digital Currency (CBDC)” विषयमा कार्यपत्र प्रस्तुत गरेका हुन् ।उक्त बैठकमा सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूबीच कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सोको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका सम्बन्धमा समेत छलफल भएको हो । कोभिडको असर कायमै रहँदासम्म the SEACEN Centre कासभा,बैठक, सम्मेलन, तालिम, गोष्ठीहरू भर्चुअल माध्यममार्पत नैनिरन्तरता दिनुपर्नेमा सदस्यहरू एक मत देखिएका थिए । उक्त अवसरमा the SEACEN Centre का कार्यकारी निर्देशक Dr. Mangal Goswami ले वोर्डको कार्यसूची, सन् २०२० को कार्य प्रगति र २०२१ को बजेट तथा कार्ययोजना प्रस्तुत् गरे । सदस्यहरुले सो सम्बन्धमा आ–आफ्नो धारणा राख्दै २०२० को प्रस्तुत् कार्यप्रगतिविवरण र बजेटको समिक्षा गर्नुका साथै२०२१ को बजेट तथा कार्ययोजना स्वीकृत समेत गरियो । उक्त भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकका तर्पबाट कार्यकारी निर्देशकहरु गभर्नरको कार्यालयका डा. नेफिल मातङ्गि मास्के, आर्थिक अनुसन्धान विभागका डा. गुणाकर भट्ट, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेल तथा गभर्नरको कार्यालयका का.मु निर्देशक नारायणप्रसाद पोख्रेल समेतको सहभागिता रहेको थियो ।