
बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १६ गते अर्थात (डिसेम्बर १) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । । बैंकले विभिन्न ३ वटा कर्जाको व्याजदर परिवर्तन गरी भोलिबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको गरेको हो । बैंकले १ वर्ष अवधिको घर कर्जाको लागि ७ दशमलव ७७ प्रतिशत, र ७ वर्षबढि अवधिको लागि ९ दशमलव २५ प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै, व्याक्तिगत खरिद कर्जामा १ वर्ष अवधि लागि ७ दशमलव ७७ प्रतिशत, ७ वर्षबढि अवधिको लागि १०.५० सम्म, र व्यातिगत धितो खरिद कर्जाको लागि ८.८८ देखि ९.२५ व्याजदरमा बैंकले कर्जा प्रवाह गर्ने भएको छ ।