Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवनको शिलन्यास

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले आफ्नो जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको शिलन्यास गरेको छ । बैंकले महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयको लागि नयाँ भवन निर्माण गर्न लागेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले निर्माण गरिने भवनको भूमी पूजा तथा शिलन्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु,सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित थियो । विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणाली प्रोत्साहन गर्न सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हालविकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।

 

 

Ad