Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा बैंकले ऋणपत्र निष्कासन गर्ने, प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार अंकितदरमा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले निष्कासन गर्ने ऋणपत्रको विक्री प्रबन्धको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । उक्त नियुक्ती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतर नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट बैंकबाट ‘ख’वर्गको इजाजतपत्र प्राप्त बैंकहरुमा कामना सेवा बैंकले ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने, नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । बैंकले निष्कासन गर्ने यस KSBBL डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्वीकृती पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने बैंकले जानएको छ । सो कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख रामकुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंक लिमिटेडका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती थियो ।

Ad