
बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पेप्सीकोला शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर १४ गते आइतबार पेप्सीकोला शाखा संचालनमा ल्याएको हो । हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखा सहित सम्पुर्ण प्रदेशमा गरि देशभर सम्पुर्ण १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।