November 29th, 2020

राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन इनिसियटिभलाई आर्थिक सहयोग


बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ । बैंकले गरेको सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका विभिन्न क्षेत्र विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने भएको हो । आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय बिच समझदारीपत्रमा एक कार्यक्रममा बिच हस्ताक्षर भएको छ । सोही अवसरमा बैंकका प्रमुख श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । त्यस्तै, अभियानका उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]