November 27th, 2020

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर कास्की ट्राफिक प्रहरी कार्यालय परिसरमा


बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले नयाँ स्क्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार कास्कीको ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । बैंकले सेवा ग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँ बजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]