Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको मुनाफामा १ सय १६ प्रतिशतको वृद्धि

२०७३ श्रावण २३ गते
सेयर:

janataजनता बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस बैंकले अघिल्लो वर्षको भन्दा ११६ प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद व्याज आम्दानी २३.६७ प्रतिशतले बढेर ७४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ६२ करोड २९ लाख रुपैयाँ छ । सो अवधिमा जनता बैंकले कुल निक्षेप संकलन २४ अर्ब ६ करोड ७५ लाख संकलन गरी २० अर्ब ४७ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । १.१५ प्रतिशत खराब कर्जा रहेको बैंकले सो अवधिमा प्रतिसेयर वार्षिक आम्दानी १५.७९ रुपैयाँ, मुल्य आम्दानी अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ रहेको छ ।