August 7th, 2016

हेर्नुस्, कुमारी बैंकको वित्तीय अवस्था

kumari bankगत आर्थिक वर्षमा कुमारी बैंकले ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ८७.५० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । संभावित जोखिम व्यवस्थाका लागि छुट्याएको ४३ करोड २० लाख रुपैयाँ रकम फिर्ता भएपछि बैंकले नाफा कमाएको हो ।

बैंकको जगेडा कोषमा अहिले एक अर्ब ३८ लाख रुपैंयाँ रहेको छ भने चुक्ता पुँजी २ अर्ब ६९ करोड रुपैयाँ छ । खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर एक दशमलब ११ प्रतिशतमा सिमित गर्न बैंक सफल भएको छ । बैंकले ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ ४३ पैसा रहेको छ ।